पुरानो लाभांश लिन सनराइज बैंकको आग्रह

<p>काठमाडौं । सनराइज बैंकले पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकका विभिन्न साधारण सभाबाट पारित भएको लाभांश हालसम्म लिन बाँकी रहेका सेयरधनीहरुले लाभांश भुक्तानी लिन आग्रह गरेको हो । बैंकले सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथ परिचयपत्र ल्याएर लिन बाँकी रहेको लाभांश रकम भनेको हो । बैंकले ३५ दिनभित्र बाँकी रहेको [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकका विभिन्न साधारण सभाबाट पारित भएको लाभांश हालसम्म लिन बाँकी रहेका सेयरधनीहरुले लाभांश भुक्तानी लिन आग्रह गरेको हो ।

बैंकले सेयरधनीहरुलाई आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथ परिचयपत्र ल्याएर लिन बाँकी रहेको लाभांश रकम भनेको हो । बैंकले ३५ दिनभित्र बाँकी रहेको लाभांश लिनका लागि सेयर रजिष्ट्रार सनराइज क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ ।

यदि उक्त समयमा लाभांश नलिएमा ५ वर्ष पुरा भई भुक्तानी हुन बाँकी रहेको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ ।

Share News