पुर्वाञ्चल ल्यूब आयलमा अल्फा प्लस भेन्चर्सले लगानी गर्ने

<p>काठमाडौं । पुर्वाञ्चल ल्युब आयलमा अल्फा प्लस भेन्चर्सले लगानी गर्ने भएको छ । अल्फा प्लस भेन्चर्सले मोरङ्गमा रहेको पुर्वाञ्चल ल्यूव आयलमा लगानी गर्ने भएको हो । लगानी गर्नको लागि पुर्वाञ्चल ल्युब आयलको तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्सको तर्फबाट प्रबन्ध संचालक अंगिश घिमिरेले बुधबारका दिन हस्ताक्षर गरेका छन् । अल्फा प्लस भेन्चर्सको [&hellip;]</p>

काठमाडौं । पुर्वाञ्चल ल्युब आयलमा अल्फा प्लस भेन्चर्सले लगानी गर्ने भएको छ । अल्फा प्लस भेन्चर्सले मोरङ्गमा रहेको पुर्वाञ्चल ल्यूव आयलमा लगानी गर्ने भएको हो ।

लगानी गर्नको लागि पुर्वाञ्चल ल्युब आयलको तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र अल्फा प्लस भेन्चर्सको तर्फबाट प्रबन्ध संचालक अंगिश घिमिरेले बुधबारका दिन हस्ताक्षर गरेका छन् ।

अल्फा प्लस भेन्चर्सको लगानी पश्चात पुर्वाञ्चल ल्युब आयलमा नयाँ ल्यु्रबीकेन्टको उत्पादन तथा विकास भई नेपाली बजारभर बिक्री वितरण हुने छ । यस सम्झौताले सम्रग व्यापारिक तथा कार्यसंचालनको क्षमतामा समेत अभिवृद्धि भई कम्पनीले आफनो वित्तिय योजनामा समेत प्रभावकारी ढंगले बढ्ने बताइएकाे छ ।

पुर्वाञ्चल ल्युब आयलले विगत २३ वर्षदेखि उत्पादन तथा बिक्री वितरण हाल नेपाल भर ९३ भन्दा बढी डिलर र ११ हजार भन्दा बढी खुद्रा व्यापारी मार्फत बिक्री वितरण गर्दे आएको कम्पनीले जनाएको छ ।

 

Share News