सांसदहरु काठमाडौंमुखी हुने हो भने गाउँ पस्दा जनताले राँको लिएर लखेट्छन् : उपसभामुख राना

<p>काठमाडौं । उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताएकी छन् । बिहिबार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यको दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभामुखलाई उप-चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताइन् । आफू उपसभामुख भएर केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट यस्तो जानकारी पाएको उनले बताइन् । उनले उपसभामुख अब चुप नभइ (उपर) अर्थात् [&hellip;]</p>

काठमाडौं । उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताएकी छन् ।

बिहिबार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यको दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभामुखलाई उप-चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताइन् ।

आफू उपसभामुख भएर केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट यस्तो जानकारी पाएको उनले बताइन् । उनले उपसभामुख अब चुप नभइ (उपर) अर्थात् झनै माथि जाने भएको बताइन् । उनले संसदमा महिला सांसदहरुले जनताका समस्यलाई गुञ्जायमान गर्नुपर्ने बताइन् ।

उनले सांसदहरू काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेठ्ने बताइन् । उनले भनिन्, ‘महिला सांसदहरु हुनुहुन्छ, उहाँहरुले विभिन्न समस्या भोग्नुभएको छ, सांसदहरुले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ । हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन् ।’

उपसभामुख रानाले सांसदले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरु संसदमा उठाउनुपर्ने बताए ।

Share News