स्किल सेवाको घर मर्मत सेवा अब चितवनमा पनि

<p>काठमाडौं । घरको मर्मत सेवा उपलब्ध गराउँदै आएको स्किल सेवाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै अब चितवनमा पनि सेवा उपलब्ध गराउने भएको छ । ‘घरको डाक्टर’ नामले चिनिने स्किल सेवाले विगत ५ वर्षदेखि काठमाडौं उपत्यकामा ‘होम इन्स्पेक्सन’ सेवा उपलब्ध गराउँदै आएको छ । ५ वर्षमा झन्डै ३० हजार घरहरुमा आफ्नो सेवा दिइसकेको स्किल सेवाले जनाएको छ [&hellip;]</p>

काठमाडौं । घरको मर्मत सेवा उपलब्ध गराउँदै आएको स्किल सेवाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै अब चितवनमा पनि सेवा उपलब्ध गराउने भएको छ ।

‘घरको डाक्टर’ नामले चिनिने स्किल सेवाले विगत ५ वर्षदेखि काठमाडौं उपत्यकामा ‘होम इन्स्पेक्सन’ सेवा उपलब्ध गराउँदै आएको छ । ५ वर्षमा झन्डै ३० हजार घरहरुमा आफ्नो सेवा दिइसकेको स्किल सेवाले जनाएको छ ।

दक्ष, योग्य, विषेशज्ञ प्राविधिक जनशक्तिले हाइ–टेक डिभाइसको प्रयोगबाट घरको चेकजाँच गरी समस्या पत्ता लगाउने ,समस्याको कारण पत्ता लगाउने र समस्याको समाधान गर्नमा स्किल सेवा हमेशा अग्रपङ्गितिमा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले अन्य मुख्य शहरहरुमा पनि आफनो शाखा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ भने यहि अउदो २२ गते बाट चितवनमा समेत आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

चितवनमा भरतपुरको हाकीम चोकमा कार्यालय रहने र कम्पनीको सेवा लिन चाहनुहुने १०० भन्दा बढी घरधनीले अग्रिम बुकिङ समेत गराइसकेको कम्पनीका बजारीकरण तथा बिक्री शाखा प्रमुख सफल प्रधानले जानकारी दिए । करिब ४०० भन्दा बढी पार्ट टाइम स्टाफ र ८० भन्दा बढी स्टाफ फुल टाइम काम गरी रहेको यस कम्पनीको मूख्य कायार्लय काठमाण्डौँको बबरमहलमा छ ।

स्किल सेवाको सेवा लिनका लागि कम्तिमा ५ दिन अघी नै बुक गराउन पर्दछ । जसमा समस्या, समस्याको स्रोत,समस्याको कारण, त्यस समस्याले निम्ताउन सक्ने सम्भावित क्षति र समस्या समाधान गराउन लाग्ने खर्च समेत उल्लेख गरिएको हुन्छ ।

Share News