डाक्टर भगवान कोइरालाको फोटोको दुरुपयोग गरेर विज्ञापन गर्ने विरुद्ध प्रहरीको खोजी

<p>काठमाडौं । डाक्टर भगवान कोइरालाको फोटोको दुरुपयोग गरेर औषधिको विज्ञापन गर्नेलाई प्रहरीले खोजिरहेको डा. भगवान कोइरालाले जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा. कोइरालाले सो बताएका हुन् । ‘अनुमति बिना मेरो फ़ोटोको दुरुपयोग गरी कुनै उपचार सामाग्री को सामाजिक संजालमा बिज्ञापन गर्ने ब्यक्ती लाइ प्रहरी ले अनुसन्धान गर्दैछ’, डा. कोइरालाले फेसबुकमा उल्लेख गरेका [&hellip;]</p>

काठमाडौं । डाक्टर भगवान कोइरालाको फोटोको दुरुपयोग गरेर औषधिको विज्ञापन गर्नेलाई प्रहरीले खोजिरहेको डा. भगवान कोइरालाले जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा. कोइरालाले सो बताएका हुन् ।

‘अनुमति बिना मेरो फ़ोटोको दुरुपयोग गरी कुनै उपचार सामाग्री को सामाजिक संजालमा बिज्ञापन गर्ने ब्यक्ती लाइ प्रहरी ले अनुसन्धान गर्दैछ’, डा. कोइरालाले फेसबुकमा उल्लेख गरेका छन् ।

फेसबुकमा चेथसेरा नामक ह्यान्डलबाट डा. कोइरालाको फोटो राखेर फुट फंगसको उपचार गर्ने भनी प्रचार गरिएको छ । सो प्रचारमा आफ्नो फोटोको प्रयोग अनुमति नभएको डा. कोइरालाको स्टाटसले बताउँछ ।

Share News