रवि भन्छन् : मेरो मौनता आजसम्मका लागि मात्रै हो

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले आफुलाई भन्न बाँकी, लेख्न बाँकी र गरिहाल्न बाँकी सबै काम आजै गरिदिन बताउँदै आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । &#8216;अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।

उनले आफुलाई भन्न बाँकी, लेख्न बाँकी र गरिहाल्न बाँकी सबै काम आजै गरिदिन बताउँदै आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् ।

‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन,’ उनले लेखेका छन् ।

शुक्रबार सर्वोच्चले नागरिकता रद्ध गरेपछि लामिछानेको सांसददेखि गृहमन्त्री पदसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सामान्य सदस्यता पनि खारेज भएको थियो । आइतबार नागरिकता पुन: प्राप्त गरेपछि लामिछानेले पार्टीको पद भने पाइसेकेका छन् ।

Share News