काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउने व्यवस्था कार्यान्वयन गर्न छलफल थालेको छ ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा यस्तो नियम लागू गर्नेबारे छलफल भएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २४९ को दफा १३० मा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ । ऐनमा प्रष्ट लेखिएको छ– ‘दुई पाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ ।’
छलफलमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मासहित विभिन्न विभाग प्रमुख तथा निकायका प्रतिनिधिहरूको उपस्थिति थियो ।