काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
साथै आज तेजावी सुन प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।