सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

<p>काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेशविरुद्ध  महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । उच्च अदालतको आदेश बदर गरी लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको हो । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई दुई हप्ताअघि उच्च अदालत पाटनले  २० लाख रुपैयाँ [&hellip;]</p>

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालतको आदेशविरुद्ध  महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।

उच्च अदालतको आदेश बदर गरी लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको हो ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई दुई हप्ताअघि उच्च अदालत पाटनले  २० लाख रुपैयाँ धरौटी लिएर शर्तसहित छोडेको थियो ।

लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन अवस्थामा छ ।

 

Share News