माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा २० प्रतिशत छुट

<p>काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ । जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । ग्राहकको लागि यो सुविधा बैंकका फागुन १५ गतेसम्म कायम रहने बैंकले जानकारी दिएको छ । बैंकले आफ्ना [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ ।

जस अन्तर्गत बैंकका ग्राहकले देशैभर रहेका सिजी डिजिटलबाट इलेक्ट्रोनिक सामाग्री खरिद गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

ग्राहकको लागि यो सुविधा बैंकका फागुन १५ गतेसम्म कायम रहने बैंकले जानकारी दिएको छ । बैंकले आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै उक्त सुविधा संचालनमा ल्याएको जनाएको छ ।

यसका साथै, माछापुच्छ्रे बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताले ० प्रतिशत इएमआई भुक्तानीबाट पनि सीजी डिजिटलका इलेक्ट्रोनिक सामाग्री खरिद गर्न सक्नेछन् ।

Share News