गृहमन्त्री नियुक्तको लागि अदालतको पूर्णपाठ कुर्छु : प्रचण्ड

<p>काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादीका  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री नियुक्तको लागि अदालतको पूर्णपाठ कुर्ने ब्रिफिङ गरेका छन् । मंगलबार पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले गृहमन्त्री नियुक्तको लागि अदालतको पूर्णपाठ कुर्ने ब्रिफिङ गरेका हुन् । उनले पुर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे निर्णय नगर्ने बताएका हुन् । यसअघि गृहमन्त्री रहेका रवि लामिछानेको नागरिकाताको कारण सांसद पद सर्वोच्चबाट बदर भएपछि गृहमन्त्री पद [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादीका  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री नियुक्तको लागि अदालतको पूर्णपाठ कुर्ने ब्रिफिङ गरेका छन् ।

मंगलबार पेरिसडाँडामा भएको पार्टी पदाधिकारी बैठकमा प्रचण्डले गृहमन्त्री नियुक्तको लागि अदालतको पूर्णपाठ कुर्ने ब्रिफिङ गरेका हुन् । उनले पुर्णपाठ नआउँदासम्म गृहमन्त्रीबारे निर्णय नगर्ने बताएका हुन् ।

यसअघि गृहमन्त्री रहेका रवि लामिछानेको नागरिकाताको कारण सांसद पद सर्वोच्चबाट बदर भएपछि गृहमन्त्री पद कसले पाउने भन्ने सबैको चाँसोको विषय बनेको छ । आइतबार लामिछानेले पुनस् नागरिकाता प्राप्त गरिसकेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएका छन् । लामिछानेले मंगलबार बिहान यस विषयमा प्रधानमन्त्रीलाई पनि भेटिसकेका छन् ।

लामिछानेको नागरिकता मुद्दाबारे सर्वोच्चबाट फैसलाको पूर्णपाठ आइसकेको छैन ।

Share News