पुरानो नोट बन्द गर्न प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्रीहरुको सुझाव

<p>काठमाडौं । नयाँ नोट जारी गरेर लुकाइएको पैसा मुलप्रवाहमा ल्याउन नेकपा(एकीकृत समाजवादी)ले प्रधानमन्त्रीलाई आग्रह गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २० बुँदे ज्ञापन पत्र बुझाउँदै समाजवादीले मुलुकको अर्थतन्त्रमा देखिएको संकट समाधान गर्न भनेको हो । ‘अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मुलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न [&hellip;]</p>

काठमाडौं । नयाँ नोट जारी गरेर लुकाइएको पैसा मुलप्रवाहमा ल्याउन नेकपा(एकीकृत समाजवादी)ले प्रधानमन्त्रीलाई आग्रह गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २० बुँदे ज्ञापन पत्र बुझाउँदै समाजवादीले मुलुकको अर्थतन्त्रमा देखिएको संकट समाधान गर्न भनेको हो ।

‘अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मुलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागु गरियोस्’, समाजवादीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ । समाजवादीले अर्थतन्त्रलाई दलालतन्त्रको कब्जा र भ्रष्टाचारबाट मुक्त गर्न अभियान शुरु गर्न समेत सरकारलाई आग्रह गरेको छ ।

अर्थतन्त्रलाई सुधार गर्न ढिलाई गर्न नहुने विषयलाई समाजवादीले जोड दिएर उठाएको छ । उसले संविधानमा उल्लेखित आर्थिक नीतिलाई कडाइकासाथ लागु गर्न, कृषि उत्पादनलाई जोड दिन र निक्षेप र ऋण प्रवाहको ब्याजमा न्यूनिकरण गर्ने लगायतका अर्थतन्त्रसँग जोडिएका विषयवस्तुहरुलाई आफ्नो ज्ञापनपत्रमा उठाएको छ ।

सुझाव बुझाउन पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री निवास बालुवाटार पुगेकाे थिए ।

Share News