सुनको भाउ तोलामा ५ सयले घट्यो

<p>काठमाडौं । नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो सोमबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ५ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवासयी [&hellip;]</p>

काठमाडौं । नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

हिजो सोमबार प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा ५ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवासयी महासंघले जनाएको छ ।

सुन चाँदी व्यवासयी महासंघका अनुसार आज तेजावी सुन पनि तोलामा ५ सयले घटेर प्रति तोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भने प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा नै स्थिर रहेको महासंघले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share News