माधव नेपालको प्रधानमन्त्रीलाई ज्ञापनपत्र : देशको आर्थिक संकट र समाधानमा केन्द्रीत

<p>काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल लगायतको शीर्ष नेतृत्वले ज्ञापनपत्र बुझाएको हो । देशको आर्थिक संकट र समाधानका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जनाइएको छ । अध्यक्ष नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान [&hellip;]</p>

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल लगायतको शीर्ष नेतृत्वले ज्ञापनपत्र बुझाएको हो ।

देशको आर्थिक संकट र समाधानका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जनाइएको छ । अध्यक्ष नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव समेटिएको छ ।

एकीकृत समाजवादीले संविधानमा उल्लिखित आर्थिक नीति कडाइका साथ लागू गर्न, महँगी नियन्त्रण गर्न, समस्याग्रस्त उद्योग तथा व्यवसायले जरिमाना र कर तिर्ने सुविधा तथा भाखा नाघेका ऋणको किस्ता र ब्याज तिर्ने अवधि २०८० असार मसान्तसम्मलाई बढाउन लगायतका माग गरेको छ ।

यसैगरी, सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिन, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य सीपमुलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न लगायतका माग बुँदागत रुपमा ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनका लागि कृषि उत्पादन बृद्धिमा जोड दिनुका साथै कृषि उपज बिक्रीको प्रत्याभूति गरयोस्, भौतिक निर्माण विकासका योजना निर्माण र बजेट विनियोजन प्रणालीमा आमूल परिवर्तन, विद्युतीय उर्जा प्रयोग बढाउँदै लैजाने र जैविद इन्धन आयातमा कटौति गर्दै लैजाने सुनिश्चित आवधिक योजना साथै सस्तोमा विद्युत निर्यात गर्ने र सुखा याममा महँगोमा खरिद गर्ने हालको व्यवस्थामा परिवर्तन गर्न र सरकारी लगानीमा निर्माण गर्ने जलविद्युत आयोजनाको कामलाई तत्काल प्रभावकारी रुपमा अगडि बढाउन आग्रह गरेको छ ।

Share News