एनआईसी एशिया लघुवित्तको नाफा १५ करोड रुपैयाँ, ईपीएस कति ?

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६१ प्रतिशत घटेर १४ करोड ९२ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३९ करोड १३ लखा २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । पुस मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३५ प्रतिशत [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ६१ प्रतिशत घटेर १४ करोड ९२ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३९ करोड १३ लखा २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ३५ प्रतिशत घटेर ५४ करोड ७६ लाख २४ हजार रुपैयाँ गरेको छ । लघुवित्तले गत वर्षको सोही अवधिमा ८४ करोड ६ लाख २६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, लघुवित्तको नेटफि एण्ड कमिसन आम्दानी ५ करोड ९३ लाख २० हजार रुपैयाँ, सञ्चालन नाफा २१ करोड ३० लाख १२ हजार रुपैयाँ, कूल सञ्चाल आम्दानी ६१ करोड ३७ लाख ६८ हजार रुपैयाँ र वितरणयोग्य नाफा १० करोड १६ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ, जगेडा कोष ५६ करोड ११ लाख २९ हजार रुपैयाँ, सापटि रकम १५ अर्ब १० करोड २ लाख २९ हजार रुपैयाँ, निक्षेप ३ अर्ब ३६ करोड ६७ लाख १० हजार रुपैयाँ र कर्जा २० अर्ब ४४ करोड ४१ लख २१ हजार रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी १७.२१ रुपैयाँ रहेको छ । यस्तै, मूल्य आम्दानी अनुपात ४७.६४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.५२ रुपैयाँ रहेको छ । लघुवित्तको आधार दर १४.७६ प्रतिशत, कस्ट अफ फण्ड ११.४४ प्रतिशत र खराब कर्जा ३.३८ प्रतिशत रहेको छ ।

Share News