बाजेको सेकुवा र रोयल लाउञ्च कारवाहीमा, एक-एक लाख जरिवाना

<p>काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एयरपोर्ट र तीनकुनेमा रहेको दुई रेष्टुरेन्टलाई नगद जरिवाना गरेको छ । सोमबार बजार अनुगमनका क्रममा विभागले एयरपोर्टस्थित बाजेको सेकुवा र तीनकुनेमा रहेको रोयल लाउञ्च ब्याक्वेट एण्ड रेष्टुरेन्टलाई कारवाही स्वरूप १-१ लाख रुपैयाँ जरिवाना गरेको हो । ५ वर्षदेखि सञ्चालनमा आएको एयरपोर्टस्थित बाजेको सेकुवाले व्यवसाय दर्ता नगरेकाे हुँदा कारवाही गरिएको विभागका अनुगमन [&hellip;]</p>

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एयरपोर्ट र तीनकुनेमा रहेको दुई रेष्टुरेन्टलाई नगद जरिवाना गरेको छ ।

सोमबार बजार अनुगमनका क्रममा विभागले एयरपोर्टस्थित बाजेको सेकुवा र तीनकुनेमा रहेको रोयल लाउञ्च ब्याक्वेट एण्ड रेष्टुरेन्टलाई कारवाही स्वरूप १-१ लाख रुपैयाँ जरिवाना गरेको हो ।

५ वर्षदेखि सञ्चालनमा आएको एयरपोर्टस्थित बाजेको सेकुवाले व्यवसाय दर्ता नगरेकाे हुँदा कारवाही गरिएको विभागका अनुगमन अधिकृत ध्रुव खनालले जानकारी दिए ।

यस्तै, व्यवसाय घरेलु तथा स्थानीय निकायमा दर्ता नभएको भेटेपछि तीनकुनेमा रहेको रोयल लाउञ्च ब्याङ्क्वेट एण्ड रेष्टुरेन्टलाई नगद जरिवाना तिराएकाे हाे ।

‘७ वर्षदेखि संचालनमा रहेको उक्त रेष्टुरेन्ट कम्पनी र प्यानमा रहेपनि घरेलु तथा स्थानीय तहमा दर्ता नभएको कारण नगद १ लाख रूपैयाँ जरिवाना गरिएको हो,’ उनले भने ।

विभागको अनुसार दुवै रेष्टुरेन्ट सात दिनभित्र जरिवाना रकम भुक्तानी गर्नुपर्नेछ ।

Share News