साना किसान र आरमएडिसी लघुवित्तले राष्ट बैंकबाट पायो सैद्धान्तिक सहमति

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई लघुवित्तलाई मर्जरको लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्त वित्तीय संस्थालाई  मर्जरको लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । दुई लघुवित्तबीच १००:८७ को स्वापमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको थियो । अर्थात  आरमएडिसीको हाल १०० कित्ता सेयर हुनेले साना किसानको ८७ कित्ता [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई लघुवित्तलाई मर्जरको लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्त वित्तीय संस्थालाई  मर्जरको लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

दुई लघुवित्तबीच १००:८७ को स्वापमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको थियो । अर्थात  आरमएडिसीको हाल १०० कित्ता सेयर हुनेले साना किसानको ८७ कित्ता सेयर पाउनेछन् ।

प्रारम्भिक सम्झौतामा साना किसानका अध्यक्ष खेमबहादुर पाठक र आरमएडिसीको तर्फबाट अध्यक्ष सुजता जोशीले हस्ताक्षर गरेकी थिइन् ।

राष्ट्र बैंकले स्वाप रेसियो पारित गरेपछि दुवै लघुवित्तबीच मर्जर हुनेछ ।

Share News