गृह मन्त्रालय हाम्रो हो : रास्वपा

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको विषयमा निर्णय गर्ने अधिकार आफ्नो भएको बताएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता एवं महामन्त्री मुकुल ढकालले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान गठबन्धन दलहरु राख्ने बताए । &#8216;अब पार्टी सभापति रवि लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्री को बन्ने टुंगो [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयको विषयमा निर्णय गर्ने अधिकार आफ्नो भएको बताएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता एवं महामन्त्री मुकुल ढकालले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान गठबन्धन दलहरु राख्ने बताए ।

‘अब पार्टी सभापति रवि लामिछानेले सत्ता साझेदार दलका शीर्ष नेतालाई भेटेर गृहमन्त्री को बन्ने टुंगो लगाउनेछन्,’ उनले भने ।

यस्तै, उनले चितवन- २ मा हुने उपनिर्वाचनका उम्मेदवार छान्न पार्टीभित्र प्रारम्भिक निर्वाचनको लागि सूचना जारी गरिने पनि बताए ।

Share News