राष्ट्र बैंक भन्छ : ७६ प्रतिशतसम्म लाभांश बाँड्न लघुवित्तले कताबाट नाफा कमाए ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले लघुवित्तको लाभांशमाथि प्रश्न गरेका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १६ औं वार्षिक साधारणसभामा लघुवित्तको लाभांशमाथि प्रश्न गरेका हुन् । उनले धेरै लघुवित्तले २० प्रतिशतसम्म लाभांश बाँडे पनि केहीले भने धेरै लाभांश बाँडेको बताए । &#8216;७६ प्रतिशतसम्म लाभांश बाड्न कताबाट नाफा कमाए ? अधिकांश लघुवित्तको २० प्रतिशत लाभांश [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले लघुवित्तको लाभांशमाथि प्रश्न गरेका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १६ औं वार्षिक साधारणसभामा लघुवित्तको लाभांशमाथि प्रश्न गरेका हुन् ।

उनले धेरै लघुवित्तले २० प्रतिशतसम्म लाभांश बाँडे पनि केहीले भने धेरै लाभांश बाँडेको बताए । ‘७६ प्रतिशतसम्म लाभांश बाड्न कताबाट नाफा कमाए ? अधिकांश लघुवित्तको २० प्रतिशत लाभांश बाडेको भएपनी केही लघुवित्तले धेरै लाभांश बाँडेका छन्,’ उनले भने ।

यस्तै,  उनले लघुवित्तले पैसा लिएर तिर्नुपर्दैन भन्ने प्रवृति अराजक भएको बताए । ‘लघुवित्तको अनुशासनमा ठूलो गिरावट आएको छ, यसको क्रियाकलापमा सिद्धान्त पालना हुन सकेको छैन, लघुवित्त आफै सुध्रिनु पर्छ, राष्ट्र बैंकले कारबाही गरेर मात्रै हुँदैन,’ उनले भने ।

उनले हालसम्म १५ वटा लघुवित्तले मात्रै एजिएम क्लियरेन्स प्राप्त गरेका जानकारी दिएका छन् ।

Share News