काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादवले दोस्रो त्रैमासको वित्तिय प्रतिवेदनमा ५० प्रतिशत लघुवित्त संस्था ऋणात्मक हुने बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघको १६ औं वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।
उनले लघवित्तको ५० प्रतिशत रकम कृषि कर्जामा गएको बताए । उनले लघिवित्त दिगो हुने कि नहुने भन्न एकिन हुन नसकेको बताउँदै मापदण्ड अनुसार कर्जा प्रवाह भए सहज हुने बताए । ‘लघुवित्तको लागत उच्च छ, यसको पुनर्संरचना गर्न जरुरी छ,’ उनले भने ।
यस्तै, महासचिव यादवले गरीबी न्यूनिकरण गर्न लघुवित्तको भूमिका खेलेको तर अझै पनि दुर्गम ठाउमा लघुबित्त नपुगेको बताए ।