रवि लामिछानेले पुन: लिए नागरिकता

<p>काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गैरनागरिक बनेका रवी लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आइतबार रवीले पुनः नेपाली नागरिकता पाएका हुन् । २०५० सालमा लिएको नागरिकता त्यागेका उनी अमेरिकी नागरिक भएका थिए । तर २०७५ नेपाल फर्किएका उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेश गरेका थिएनन् । [&hellip;]</p>

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गैरनागरिक बनेका रवी लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आइतबार रवीले पुनः नेपाली नागरिकता पाएका हुन् । २०५० सालमा लिएको नागरिकता त्यागेका उनी अमेरिकी नागरिक भएका थिए । तर २०७५ नेपाल फर्किएका उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताका लागि निस्सा पेश गरेका थिएनन् ।

यससँगै उनले दोसरो पटक नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । अमेरिकी नागरिकता त्यागेको निस्सा पेश गरेपछि उनले नेपाली नागरिकता लिएका हुन् ।

उनका स्वकीय सचिव दिपक बोहोराले सर्वोच्च अदालतको आदेश बमोजिम आज जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट रवि लामिछानेको नेपाली नागरिकता पुन कायम भएको बताए ।

Share News