सुनको मूल्य प्रतितोला एक लाख ६ हजार पुग्यो

<p>काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँले वृद्धि भई प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँले वृद्धि भई प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

Share News