जिल्ला प्रशासन पुगेर नेपाली नागरिकता लिँदै रवि लामिछाने

<p>काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर नेपाली नागरिकता लिने भएका हुन् । उनले विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय गएर नागरिकता लिने बताइएको छ । प्रशासनले नियमित प्रक्रियाबाट नागरिकताको प्रमाणपत्र दिने जिप्रका स्रोतले बताएको छ । लामिछानेले अमेरिकाको नागरिकता त्यागेको [&hellip;]</p>

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिने भएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गएर नेपाली नागरिकता लिने भएका हुन् ।

उनले विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय गएर नागरिकता लिने बताइएको छ । प्रशासनले नियमित प्रक्रियाबाट नागरिकताको प्रमाणपत्र दिने जिप्रका स्रोतले बताएको छ ।

लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पुनः नागरिकता पाउनेछन् ।

Share News