काठमाडौं । सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट रवि लामिछाने बाहिरिएका छन् ।
बाहिरिने क्रममा उनले संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै आफू अब परिचय नभएको अनागरिक भएको बताए ।
‘अनागरिकलाई प्रश्न गर्नु भएको छ, थाहा छैन, एउटा अनागरिकले के गर्छ ?’ उनले भने, ‘अदालतको फैसलालाई स्वागत गर्छु, म अध्यक्ष छैन, केही पनि होइन, यतिखेर म परिचय नभएको अनागरिक भएको छु,’ उनले भने ।
उनले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए ।