काठमाडौं । रवि लामिछाने पार्टीको साधारण सदस्य समेत नरहने भएका छन् । नेपालको नागरिक कायम नरहेको सर्वोच्च अदालतको फैसलापछि मन्त्री र सांसद पद खारेज भएका लामिछाने पार्टीको साधारण सदस्य पनि नरहने भएका हुन् ।
नेपालको संविधानअनुसार कुनै पनि दलको सदस्य वा सांसद हुन नेपाली नागरिक हुनु अनिवार्य छ ।
योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद रिक्त भएको छ ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर भएको फैसला सुनाएको हो ।