काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नागरिकता विवाद हुँदाहुँदै नेतृत्वमा पुग्नु नैतिकताको विषय भएको अधिवक्ता श्रेष्ठले बताएकी छिन् ।
लामिछाने संसद् सदस्य पदका लागि अयोग्य रहेको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामा बहसका क्रममा उनले यस्ताे बताएकी हुन् ।
‘निर्वाचन आयोगले बेलैमा निर्णय गरेको भए यो मुद्दा पहिला नै सकिन्थ्यो अर्कातिर नागरिकता विवाद भएको व्यक्ति गृह मन्त्रालयको नेतृत्वमा हुनुहुन्थेन, यो नैतिकताको पनि विषय हो,’ श्रेष्ठले भनिन् ।