केरा खेतीबाट बार्षिक २० लाख आम्दानी गर्दै कञ्चनपुरका किसान

<p>कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार बर्ष भयो । विसं २०५२ मा समान्यरूपमा केरा खेती गर्दै आएका उनले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि प्राप्त कमाइले कमाइ राम्रै हुँदै आएको बताए । हाल आठ बिघा जमिनमा केरा खेती गरिरहेका चौधरीले बार्षिक १६ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी हुने [&hellip;]</p>

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका सुरेन्द्र चौधरीले व्यवसायिकरूपमा केरा खेती गरेको एघार बर्ष भयो । विसं २०५२ मा समान्यरूपमा केरा खेती गर्दै आएका उनले २०६८ सालपछि तालिम लिएर व्यावसायिकरूप दिएपछि प्राप्त कमाइले कमाइ राम्रै हुँदै आएको बताए ।

हाल आठ बिघा जमिनमा केरा खेती गरिरहेका चौधरीले बार्षिक १६ लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको जानकारी दिए । ‘राम्रो मूल्य पाए सबै खर्च कटाएर बार्षिक बीस लाख रुपैयाँँसम्म आम्दानी हुन्छ’, उनले भने, ‘केराबाट भएको कमाइले घर खर्च चलाउनेदेखि छोराछोरीलाई शिक्षामा लगानी गर्न पाउँदा म सन्तुष्ट छु ।’

एक कठ्ठा जमिनमा केरा खेती गर्नुभएका चौधरीले अहिले केराको बेर्नासमेत उत्पादन गर्ने नर्सरी सञ्चालन गरेका छन् । ‘चार/पाँच बर्षअघि नर्सरी बनाउँदा कृषि ज्ञान केन्द्रबाट दुई लाख र कृष्णपुर नगरपालिकाबाट एक लाख अनुदान मिलेको थियो ।’ उनले ‘त्यो बाहेक केरा खेतीका लागि अहिलेसम्म कहिकतैबाट सहयोग वा अनुदान पाइएको छैन् ।’आठ बिघा जमिन लिजमा लिएबापत बार्षिक तीन लाख २० हजार रुपैयाँ भाडा तिर्दै आएका चौधरीले उत्पादित केरा महेन्द्रनगर, धनगढी र अत्तरीयाका थोक व्यापारीले खरिद गर्ने गरेको जानकारी दिए ।

समयमै मल र सिँचाइको व्यवस्था भए प्रतिबिघा जमिनमा बार्षिक सात/आठ लाख रुपैयाँसम्मको केरा उत्पादन हुन्छ तर बजार मूल्यमा हुने उतारचढावका कारण किसानहरू समस्या पर्ने गरेको उनले बताए ।

‘भारतीय केराको आयात रोकेर स्थानीय किसानलाई मात्रै सहज गराइदिए दुई बर्षमा केरा उत्पादक किसानको स्तर धेरै माथि आउँथ्यो ।’ उनले भने, ‘पछिल्लो समय केरा उत्पादनमा लागेका किसान केराको बीमा नहुँदा चिन्तामा छन् ।’

गत बर्ष केरा खेतीको बीमा भएपनि चालु आर्थिक वर्षमा बीमा कम्पनीले केराको बीमा गर्न आनाकानी गरिरहेको चौधरीको गुनासो थियो ।

‘सामान्य हुरी आउँदा पनि केराका बोट ढल्छन्’, उनले भने, ‘बीमा नहुँदा जोखिम बढेको छ ।’ एसएलसीसम्मको अध्ययन गरेका चौधरीले केराबाट भएको आम्दानीबाट दुई छोरालाई स्तरीय शिक्षा दिन सकेकोप्रति खुसी व्यक्त गरे । ‘केराकै कमाइले एउटा छोरा इन्जिनियरसम्म बन्यो’, उनले भने, ‘सामान्य किसानको छोराले माथिल्लो तहसम्म अध्ययन गराउन सक्नु मेरा लागि ठूलै कुरो हो ।’ रासस

Share News