लघुवित्तको कर्जा तिर्नै पर्छ, कुनै पनि सरकारले मिनाहा गर्न सक्दैन : सासंद अधिकारी

<p>काठमाडौं । धादिङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले लघुवित्तबाट कर्जा लिइसकेपछि तिर्नै पर्ने बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै अधिकारीले कर्जा लिई सके पछि तिर्नै पर्ने र कुनै पनि सरकार वा निकायले मिनाहा गर्न नसक्ने बताएका हुन् । ‘लघुवित्त संस्थाहरुले महिलाहरुलाई परनिर्भरताबाट छुटकारा दिएको [&hellip;]</p>

काठमाडौं । धादिङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारीले लघुवित्तबाट कर्जा लिइसकेपछि तिर्नै पर्ने बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा बोल्दै अधिकारीले कर्जा लिई सके पछि तिर्नै पर्ने र कुनै पनि सरकार वा निकायले मिनाहा गर्न नसक्ने बताएका हुन् ।

‘लघुवित्त संस्थाहरुले महिलाहरुलाई परनिर्भरताबाट छुटकारा दिएको छ, लघुवित्तले गाउँगाउँमा गई महिलाहरुलाई समूहमा आवद्ध गराउने काम गरेको छ तर, कर्जा लिई सके पछि तिर्नै पर्छ, कुनै पनि सरकार वा निकायले मिनाहा गर्न सक्दैन,’ उनले भने ।

संघका महासचिव रामवहादुर यादवले लघुवित्तको उदेश्य पवित्र रहेको बताए । उनले लघुवित्त संस्थाहरुले कहिकतै सुधार गर्नुपर्ने भए छलफल गरि सुधार गर्न तयार रहेको बताए ।

साथै देशको अर्थतन्त्रमा ठूलो योगदान दिएको लघुवित्त क्षेत्रलाई सवै मिलेर अगाडी बढाउनुपर्ने उनको भनाइ छ । लघुवित्तका माध्यमले उद्यमशिलता विकास गरि विदेशमा रहेका नेपालीलाई नेपालमै रोजगारीको अवसर प्रदान गरि भित्राउनु पर्ने उनले बताए ।

सघर्ष समितीका महासचिव पे्रम वि.क.ले लघुवित्तमा केहि समस्या रहेको र त्यही सुधार गर्नका १२ बुँदे सम्झौता भएको बताए । साथै उनले १२ बुँदे सहमति महिलाहरुको हकहितमा रहेको दाबी गरे । उनले उक्त सहमति अक्षरस पालना गर्नुपर्नेमा जोड दिए । हाल देखिएको समस्याको समाधान सडकबाट नभई संवाद र छलफलबाट समाधान गर्नु पर्ने उनको भनाई छ ।

नेपाल लघुवित्त बैंकर्स संघले विभिन्न लघुवित्त संस्थाहरुको सहयोगमा ७७ वटै जिल्लामा वित्तीय सारक्षता कार्यक्रमको आयोजना गरिरहेको छ । सोही बमोजिम संघको आयोजनामा माघ १२ गते धादिङको धादिङ वेशीमा विभिन्न लघुवित्त संस्थाहरुमा आवद्ध करिव ३ सय जनालाई वित्तीय साक्षरता प्रदान गरेको हो ।

कर्जाको सही सदुपयोगीता तथा व्यवस्थापन, बहु बैंकिङ्गबाट परेको असर र उपाय, लघुउद्यम विकास तालिम, ग्राहकको जेहेन्दार बालवच्चालाई छात्रवृति प्रदान, उत्पादन वृद्धिका लागी प्राविधिक सहयोग तथा बजार व्यवस्थापनका बारेमा जानकारी गराइएको थियो । साथै, समूहलाई सुदृढ बनाउनु पर्ने, कर्जा अनुशासन, सामाजिक कृयाकलाप, ग्राहकको हकहितका लागी सुझाव सल्लाह र समग्र रुपमा लघुवित्त क्षेत्रलाई आर्थिक तथा सामाजिक रुपान्तरणका लागी सुदृढ बनाउनु पर्ने विषयमा छलफल भएको थियो ।

Share News