भृकुटीमण्डपमा मेला आयोजना गर्न कति लाग्छ भाडा ?

<p>काठमाडौंको सबैभन्दा बढी मेला तथा प्रशर्दनी हुने ठाउँ हो भृकुटीमण्डप । भृकुटीमण्डपमा प्रत्येक महिना मेला तथा महोत्सवको आयोजना भइरहन्छ । विभिन्न कम्पनी तथा संस्थाहरुले विभिन्न किसिमका मेला तथा प्रदर्शनीका लागि भाडा पनि तिर्ने गरेका छन् । समाज कल्याण परिषदलाई निश्चित शुल्क तिरेर विभिन्न संस्था तथा कम्पनीहरुले मेला आयोजना गर्ने गरेका छन् । उक्त ठाउँमा मेला [&hellip;]</p>

काठमाडौंको सबैभन्दा बढी मेला तथा प्रशर्दनी हुने ठाउँ हो भृकुटीमण्डप । भृकुटीमण्डपमा प्रत्येक महिना मेला तथा महोत्सवको आयोजना भइरहन्छ । विभिन्न कम्पनी तथा संस्थाहरुले विभिन्न किसिमका मेला तथा प्रदर्शनीका लागि भाडा पनि तिर्ने गरेका छन् ।

समाज कल्याण परिषदलाई निश्चित शुल्क तिरेर विभिन्न संस्था तथा कम्पनीहरुले मेला आयोजना गर्ने गरेका छन् । उक्त ठाउँमा मेला महोत्सव मात्र नभई गीतका छयाङ्कनदेखि सुटिङ्गसम्म हुन्छ । समाज कल्याण परिषदले समायवधि तोकेर भाडा लिने गरेको छ ।
समाज कल्याण परिषद, भृकुटी मण्डप सञ्चालन कार्यालयका अनुसार भृकुटी मण्डपको हल र चौरमा समेत कार्यक्रम गर्दा प्रतिदिन साढे २ लाख रुपैयाँ शुल्क लाग्छ ।

यस्तै, ठूलो चउरमा मेला तथा महोत्सवको आयोजना गर्दा प्रतिदिन ७५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । भृकुटीमण्डपमा भित्र बगैंचा पनि छ । उक्त बगैंचा प्रयोग गर्दा प्रतिदिन ७५ हजार भाडा तिर्नुपर्ने हुन्छ । मूल गेट छेउको चउरमा प्रतिदिन ७५ हजार रुपैयाँ भाडा लाग्छ ।

यस्तै, प्रदर्शनी पछाडिको चउर प्रयोग गर्दा प्रतिदिन १२ हजार ५ सय रुपैयाँ भाडा लाग्ने पनि भृकुटीमण्डप सञ्चालन कार्यालयले बताएको छ । रिपोर्टर्स क्लबसँगको चउर प्रयोग गर्दा प्रतिदिन १२ हजार ५ सय शुल्क तिर्नु पर्ने हुन्छ । यस्तै, ठूलो पर्दाको फिल्म (फिचर फिल्म सुटिङ्), सानो पर्दा फिल्म (टेलिफिल्म) सुटिङ र लोक दोहोरी, सांगितिक गीत, तीज गीत छायाङ्कन गर्दा प्रतिदिन १५ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने हुनछ ।

भृकुटीमण्डप सञ्चालन कार्यालयले पेप्सी, कोकाकोला, फ्यान्टा आदिको गाडी प्रवेश गर्न प्रतिमहिना ३ हजार भाडा तिर्नुपर्ने व्यवस्था गरेको छ । भृकुटीमण्डप भित्र सञ्चालन भएका नाङ्लो पसल र होलसेल व्यापारले प्रतिमहिना ३÷३ हजार रुपैयाँ भाडा बुझाउनु पर्ने हुन्छ ।

Share News