प्रेम आचार्यको नाममा विश्वभरबाट करोडौं रकम जम्मा हुँदै

<p>काठमाडौं । सोमबार नयाँ बानेश्वरमा आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यको नाममा विश्वभरबाट रकम जम्मा सुरु भएको छ । ६० लाख ऋणको कारण आत्मदाह गरेका आचार्यको श्रीमतिको बैंक खाताका साथै फण्ड संकलनको लागि प्रख्यात &#8216;गो फण्ड मि&#8217; मा पनि रकम संकलन सुरु भएको हो । बुधबार साँझसम्म मात्रै आचार्यको श्रीमति नानुका अधिकारीको खातामा डेढ करोड रुपैयाँभन्दा बढी रकम जम्मा [&hellip;]</p>

काठमाडौं । सोमबार नयाँ बानेश्वरमा आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यको नाममा विश्वभरबाट रकम जम्मा सुरु भएको छ । ६० लाख ऋणको कारण आत्मदाह गरेका आचार्यको श्रीमतिको बैंक खाताका साथै फण्ड संकलनको लागि प्रख्यात ‘गो फण्ड मि’ मा पनि रकम संकलन सुरु भएको हो ।

बुधबार साँझसम्म मात्रै आचार्यको श्रीमति नानुका अधिकारीको खातामा डेढ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको बुझिएकाे छ ।

यस्तै, अमेरिकाको ड्यालसबाट सामाजिक अभियान्तको रुपमा आफुलाई चिनाउने दरपन पोखरेलले पनि उनको नाममा ‘गो फण्ड मी’मा  रकम संकलन गर्न सुरु गरेका छन् । हालसम्म उनले संचालन गरेको फण्ड संकलन अभियानमा १२ लाख रुपैयाँ ९९ हजार ९२७ अमेरिकी डलर०भन्दा बढी जम्मा भइसकेको छ । 

पोखरलेले फण्डमार्फत १५ हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्य लिएका छन् ।

आचार्यले सुसाइड नोटमा श्रीमतिको खाता नम्बर उल्लेख गर्दै सहयोग गरिदिन अनुरोध गरेका थिए ।

‘बाच्ने सबै उपाय लाउदा पनि केही भएन, आशा सबै मरिसकेको हुनाले मर्ने नै बाचा गर, मलाइ माफ गर्नुहोला कोहि मनकारि र सहृदयी जनहरु हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरी श्रीमतिलाइ सहयोग गर्दिनुहोला,’ उनले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरिहरु टुहुरा हुने छन्,’ उनले लेखेका थिए ।

आचार्यको बुधबार उपचारको क्रममा किर्तिपुर अस्पतालमा मृत्यु भएको छ ।

Share News