काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ बानेश्वरमा मंगलबार आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यकाे परिवारलाई भेटेका छन् ।
बुधबार दिउँसो गृहमन्त्री लामिछाने कीर्तिपुर अस्पताल पुगेर आचार्यका परिवारसँग भेटेका हुन् ।
आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सडकमा आफैंमाथि आगो लगाएका थिए। उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो।