स्याङ्जामा पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ पक्राउ

<p>काठमाडौं । स्याङ्जामा प्रभु एयरको हेलिकप्टरका पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्&#x200d;ला प्रहरी कार्यालय स्याङ्जाले माघ ५ गते वालिङ नगरपालिका-८ मालेबगर खेल मैदानमा प्रभु एयरको हेलिकप्टर अवतरण गर्ने क्रममा पाइलट रानेश डंगोलमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा यात्रु विनोद गैरे, उज्जवल थापा, सुशिल गिरी, [&hellip;]</p>

काठमाडौं । स्याङ्जामा प्रभु एयरको हेलिकप्टरका पाइलटमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्‍ला प्रहरी कार्यालय स्याङ्जाले माघ ५ गते वालिङ नगरपालिका-८ मालेबगर खेल मैदानमा प्रभु एयरको हेलिकप्टर अवतरण गर्ने क्रममा पाइलट रानेश डंगोलमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा यात्रु विनोद गैरे, उज्जवल थापा, सुशिल गिरी, खिमबहादुर र आयोजक यामबहादुर गुरूङ र सुरेश श्रेष्ठ रहेका छन् ।

पक्राउ पर्ने यात्रुले जबरजस्ती पाइलटलाई मैदानमा हेलिकप्टर अवतरण गराएको र आयोजकले पाइलटलाई कुटपिट गरेको कारण ६ जनामाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।

Share News