कान्ति बाल अस्पतालमा हिमालयन बैंक थप दुई बिल भुक्तानी काउन्टर

<p>काठमाडौं । हिमालयन बैंकले महाराजगंज स्थित कान्ति बाल अस्पतालमा थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले माघ ४ गते बुधबारदेखि बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामीहरु र उनका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको जानकारी दिएको छ । बैंकको अनुसार उक्त भुक्तानी काउन्टरहरुले [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंकले महाराजगंज स्थित कान्ति बाल अस्पतालमा थप दुई बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले माघ ४ गते बुधबारदेखि बिल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामीहरु र उनका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको जानकारी दिएको छ ।

बैंकको अनुसार उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् ।

बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० एटिएम र ६००० भन्दा बढी पिओएस टर्मिनल्सबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Share News