उद्योगी पशुपति मुरारकासहित ६ जनाको विभूषण रद्द

<p>काठमाडाैं । भ्रष्टाचार मु्द्दा चलिरहेका उद्योगी पशुपति मुरारकासहित ६ जनाको विभूषण रद्द गरेको छ । मन्त्रिपरिषद्को गत साता बसेको बैठकले उनीहरूको विभूषण रद्दको निर्णय गरेको हो । विभूषण रद्द हुनेमा व्यापारी चिराग गोयल, सांसद लक्ष्मी महतो कोइरी, शिक्षकहरु हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ छन् । ‘सुकीर्तिमय राष्ट्रदीप’ विभूषण घोषणा गरिए उद्योगी मुरारका माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा [&hellip;]</p>

काठमाडाैं । भ्रष्टाचार मु्द्दा चलिरहेका उद्योगी पशुपति मुरारकासहित ६ जनाको विभूषण रद्द गरेको छ । मन्त्रिपरिषद्को गत साता बसेको बैठकले उनीहरूको विभूषण रद्दको निर्णय गरेको हो ।

विभूषण रद्द हुनेमा व्यापारी चिराग गोयल, सांसद लक्ष्मी महतो कोइरी, शिक्षकहरु हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ छन् ।

‘सुकीर्तिमय राष्ट्रदीप’ विभूषण घोषणा गरिए उद्योगी मुरारका माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा मुद्दा छ । यस्तै, अघिल्लो वर्ष जनसेवाश्री पदक पाइसकेकोले व्यापारी गोयलकाे यसवर्ष घाेषणा भएकाे अर्को पदक रद्द गरिएको हो ।

२०७२ भदौ २५ मा सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) थमन विक हत्या अभियोगका फरार रहेका सांसद कोइरीलाई ‘समाजसेवी’ का रूपमा ‘प्रबल जनसेवाश्री’ दिने घोषणा गरिएको थियो ।

Share News