आरपिएस मार्फत १८ सय अर्बको भुक्तानी कारोबार फर्छ्यौट

<p>काठमाडौं । रिटेल पेमेन्ट स्वीच(आरपिएस) मार्फत चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म १८ सय अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ । याे गत वर्षकाे तुलनामा ३१ प्रतिशतले बढी हाे । त्यसैगरी, कम्पनीकाे कारोबार संख्या पनि गत आर्थिक वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीकाे अनुसार रिटेल पेमेन्ट स्वीच(आरपिएस)मा हाल दैनिक औसत १३.३० अर्ब बराबरको भुक्तानी [&hellip;]</p>

काठमाडौं । रिटेल पेमेन्ट स्वीच(आरपिएस) मार्फत चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म १८ सय अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको छ । याे गत वर्षकाे तुलनामा ३१ प्रतिशतले बढी हाे ।

त्यसैगरी, कम्पनीकाे कारोबार संख्या पनि गत आर्थिक वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको छ ।

कम्पनीकाे अनुसार रिटेल पेमेन्ट स्वीच(आरपिएस)मा हाल दैनिक औसत १३.३० अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट हुने गरेको छ, जस अन्तर्गत ६० प्रतिशत बराबरको कारोबार नेशनल पेमेन्ट इन्टरफेस मार्फत हुने गरेको छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको आरपिएस मार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरु बीच अन्तरआबद्धता कायम गरिएको छ ।

अरपिएस अन्तर्गत फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीहरु बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग, वालेटहरु, कनेक्टआईपिएसको वेब, मोबाइल एप तथा गेटवे, कर्पोरेटपे प्रणाली तथा कुनै पनि संस्थाको आफ्नो प्रणालीसँग जोड्न सकिने ओपन एपिआई मार्फत उपलब्ध रहेका छन् ।

आरपिएस अन्तर्गत बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, भुक्तानी प्रणाली सञ्चालक, सरकारी निकाय तथा विभिन्न संघ संस्थाहरु एनपिआई मार्फत आबद्ध भई भुक्तानी कारोबारहरु गर्दै आएका छन् ।

ओपन एपिआई प्ल्याट्फर्मको रुपमा सञ्चालनमा रहेको एनपिआईले आरपिएसँंग इन्टिग्रेट गरी विभिन्न भुक्तानी प्रणाली तथा अन्य बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सक्दछन् । आरपिएस अन्तर्गत हालै भिपिएमा आधारित भुक्तानी, रिक्वेष्ट टु पे इमेनडाटामा आधारित भुक्तानी, अन्तरआबद्ध नेपाल पे क्युआर, बिलर गेटवे, वालेट अन्तरआबद्धता तथा पिएसओ सेटल्मेन्ट लगायतका विभिन्न उपकरणहरु उपलब्ध रहेका छन् ।

आरपिएसमा हाल ५५ बैंक वित्तीय संस्था सदस्यका रुपमा आबद्ध रहेका छन् । भुक्तानी कारोबार गरिने च्यानलको आधारमा प्रति कारोबार २० लाखसम्मको भुक्तानी तथा सोही बैंक वित्तीय संस्थाको हकमा १ करोडसम्मको भुक्तानी कारोबार गर्न सकिन्छ ।

आरपिएस अन्तर्गत रहेका कनेक्टआईपिएसको वेब मार्फत प्रति कारोबार २० लाखसम्म र मोबाइल एप मार्फत प्रति कारोबार २ लाखसम्मको कारोबार गर्न सकिन्छ । बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्टआईपिएसमा आफ्ना एक वा सो न्दा बढी बैंक खाताहरु लिन्क गरी एकै प्ल्याटफर्म मार्फत भुक्तानी गर्न सक्दछन् ।

 

Share News