नेपाल बैंकको नाफा सवा १ अर्ब, निक्षेप र कर्जा कति ?

<p>काठमाडौं । नेपाल बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सो नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद नाफा १७.०२ प्रतिशतले घटेको हो । बैंकका अनुसार [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सो नाफा गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद नाफा १७.०२ प्रतिशतले घटेको हो । बैंकका अनुसार चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ऋण असुलीमा समस्या हुँदा बैंकको नाफा घटेको हो ।

यस्तै, बैंकले दोस्रो त्रैमाससम्म कुल २ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले १ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो भने १ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

Share News