काठमाडौं । सरकारले माघ ८ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले तामाङ समुदायको महान चाड सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
योसँगै माघ ७ गते शनिबार भएकाले र माघ ८ गते आइतबार सोनाम ल्होसारको अवसरमा दुई दिन सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएको छन् ।
प्रत्येक वर्ष माघमा तामाङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘सोनाम ल्होसार’ पर्व मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘सोनाम ल्होसार’ भनिएको तामाङ समुदायको विश्वास छ ।