विमानस्थलको भिजिविलिटी कम भएपछि निगमको विमान कोलकाता डाइर्भट

<p>काठमाडौं । शुक्रबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको भिजिविलिटी कम हुँदा भारतको कोलकाता डाइर्भट गरिएको छ । मलेसियाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाज भिजिविलिटी कम हुँदा भारतको कोलकाता डाइर्भट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो । यस्तो अवस्थामा निगमको विमान ११ सय मिटर भिजिविलिटी सम्ममा अवतरण [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । शुक्रबार बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको भिजिविलिटी कम हुँदा भारतको कोलकाता डाइर्भट गरिएको छ ।

मलेसियाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाज भिजिविलिटी कम हुँदा भारतको कोलकाता डाइर्भट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो ।

यस्तो अवस्थामा निगमको विमान ११ सय मिटर भिजिविलिटी सम्ममा अवतरण गर्न सकिने ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच विधि अपनाएर अवतरण हुन सक्थ्यो । तर चालकदलले आरएनपी–एआर एप्रोच प्रणालीमा अवतरण गर्न नसक्ने बताउँदै डाइभर्ट गरेका छन् ।

यस्तै, भिजिविलिटी कम हुँदा नेपालगञ्जबाट उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा डाइभर्ट भएको थियो ।

Share News