अर्थतन्त्र निर्माणमा सरकारको प्रतिवद्धता पुरा भएन : अध्यक्ष मल्ल

<p>काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र निर्माणमा सरकारको प्रतिवद्धता पुरा नभएको बताएका छन् । बिहीबार नेपाल इकोनमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् । उनले सबल अर्थतन्त्र निर्माणका सम्बन्धमा सरकारले प्रतिवद्धता गरेका कतिपय सुविधाहरु व्यवहारमा उपलब्ध हुन नसकेको भन्दै त्यसलाई कार्यान्यनमा ल्याउन मिडियाले उल्लखेनीय भुमिका खेल्नुपर्ने बताए । मल्लले आत्मनिर्भर अर्थतन्त्र [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र निर्माणमा सरकारको प्रतिवद्धता पुरा नभएको बताएका छन् । बिहीबार नेपाल इकोनमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सबल अर्थतन्त्र निर्माणका सम्बन्धमा सरकारले प्रतिवद्धता गरेका कतिपय सुविधाहरु व्यवहारमा उपलब्ध हुन नसकेको भन्दै त्यसलाई कार्यान्यनमा ल्याउन मिडियाले उल्लखेनीय भुमिका खेल्नुपर्ने बताए ।

मल्लले आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानमा इकोनोमिक मिडिया र निजी क्षेत्र एउटै बास्केटमा रहेको बताउँदै आर्थिक क्षेत्रका सहि नीति निर्माण र वास्तविक विषयलाई जनमानसमा पुर्याउन इकोनोमिक मिडियाको ठूलो भुमिका रहेको बताए ।

‘प्रतिवद्धताहरु शब्दमा मात्र सीमित रहेकाले प्रभावकारी कार्यान्वयनका लागि सम्वन्धित पक्षलाइ घच्घच्याउन मिडियाको भूमिका अपरिहार्य रहेको छ,’ उनले भने, ‘आर्थिक एजेण्डामा हामीहरुको समान दायित्व र भुमिका भएकोले एकआपसमा सहकार्य गर्दै अगाडी बढ्नु जरुरी छ ।’

कार्यक्रममा चेम्बरका पदाधिकारी लगायत कार्यसमिति सदस्यले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने धारण व्यक्त गरेका थिए ।

यसैगरी सो अवसरमा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक नीति निर्माणमा पैरवी गर्दै अर्थतन्त्रमा समयसापेक्ष रुपमा देखिने समस्याका विषयमा सरकार र निजीक्षेत्रलाई एकै ठाउँमा राखेर बहश गराई समस्याको समाधान निकाल्ने काम इम्शनले गर्ने बताए ।

‘अहिले अर्थतन्त्रमा धेरै समस्या देखिन थालेका छन् तर यसको समाधानका लागि सम्बद्ध सरोकारवालाहरु एकै ठाउँमा बसेर निचोड निकाल्न सकेका छैन,’ उनले भने, ‘अबका दिनमा इम्शनले सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर आर्थिक विषयमा छलफल गराई समस्याको पहिचान र समाधानको बाटो खोज्ने काम गर्नेछ ।’

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल तथा उपाध्यक्ष उर्मिला श्रेष्ठ, प्रचारप्रसार समितिका सभापति सन्तोष पाण्डेलयायत चेम्बर कार्यसमिति सदस्यको उपस्थिती रहेको थियो ।

यस्तै, इकोनोमिक मिडिया सोसाइटीका निवर्तमान अध्यक्ष सिताराम बिलासी, उपाध्यक्ष द्धय सोमनाथ वास्तोला र लोचन खतिवडा महासचिव नारायण पौडेल सचिव हिम बिष्ट, सहसचिव बिष्णु जमरकट्टेल, कोषाध्यक्ष केशव भण्डारी सदस्यहरु मिलन खडका तथा सुरेन्द्र पौडेलको पनि उपस्थिती रहेको थियो ।

Share News