काठमाडौं । सिल्क एक्सपोर्ट र क्लासिक ग्रुपबीच व्यवसायीक सम्झौता भएको छ । लामो समयदेखि चीन र भारत लगायत अन्य मुलुकमा सामान निर्यात गर्दै आइरहेको सिल्क एक्सपोर्टबीच सामान निर्यात गर्ने बारे सम्झौता भएको हो ।
यस सम्झौता पश्चात क्लासिक ग्रुपद्वारा उत्पादिन म्याट्रेस सिरक र बेडसिट जस्ता सामानहरु सिल्क एक्सपोर्टले तिब्बतमा बजारीकरण तथा प्रवर्धन गर्नेछ ।
यो सम्झौताले हाल देशले भोगिरहेको व्यापार घाटालाई केही हदसम्म भएपनि घटाउन मद्धत गर्ने विश्वास गरेको सिल्क एक्सपोर्टले जनाएको छ ।