कर्पोरेट पे प्रणालीमा पुससम्म २०२ अर्बको कारोबार फर्छ्यौट

<p>काठमाडौँ । कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २०२ अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । गत आर्थिक वर्ष भने कर्पोरेट पे मार्फत कुल १०९.५ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो । बैंकरवित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा [&hellip;]</p>

काठमाडौँ । कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २०२ अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । गत आर्थिक वर्ष भने कर्पोरेट पे मार्फत कुल १०९.५ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो ।

बैंकरवित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेट पे मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले बृद्धी भएको कम्पनीले जनाएको छ ।

हाल ४४ बैंक वित्तिय संस्थाहरु मार्फत् यस प्रणाालीमा बैंकरवित्तीय संस्थाका ६१ सय भन्दा बढि व्यावसायिक ग्राहकहरु आवद्ध भई कारोबार गर्दै आएका छन् । यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।

यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, नेपाल आयल निगम, भन्सार विभागको प्रज्ञापनपत्रको भुक्तानी, बीमा समितिको इजाजत पत्रको नवीकरणको भुक्तानी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् ।

साथै, यस प्रणालीको एउटै प्ल्याटफर्ममा एक भन्दा बढि बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सक्ने व्यवस्था रहेकोले छ । यस प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाखसम्म र नन–रियल टाइम कारोबारको हकमा २० करोडसम्म गर्न सकिन्छ । उक्त प्रणाालीमा व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक मल्टी फ्याक्टर अथेन्टिकेसनको समेतको व्यवस्था रहेको छ ।

साथै, यस प्रणालीमा व्यावसायिक ग्राहकहरुले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरू सेट गरी उच्च स्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्दछन् ।

Share News