डिएचआईको टेक्नोलोजी पार्टनरमा ताइवानकाे ‘स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ्ग’

<p>काठमाडौं । नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको डिएचआईले ताइवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ्गसँग सम्झौता गरेको छ । गुणस्तरिय विधुतिय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि कम्पनीले स्यान्डमार्टिनसँग सम्झौता गरेको जनाएको छ । योसँगै अब स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ्गले डिएचआईको टेक्नोलोजी पार्टनरको रुपमा काम गर्नेछ । यस सम्झौता पश्चात नेपालमा विधुतिय उपकरण निर्माणको [&hellip;]</p>

काठमाडौं । नेपालमा घरेलु तथा विभिन्न विधुतिय उपकरणहरु विक्रि वितरण गर्दै आएको डिएचआईले ताइवानको स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ्गसँग सम्झौता गरेको छ ।

गुणस्तरिय विधुतिय उपकरण उत्पादन र विक्रिवितरण गर्नको लागि कम्पनीले स्यान्डमार्टिनसँग सम्झौता गरेको जनाएको छ । योसँगै अब स्यान्डमार्टिन इन्टरनेशनल होल्डिङ्गले डिएचआईको टेक्नोलोजी पार्टनरको रुपमा काम गर्नेछ ।

यस सम्झौता पश्चात नेपालमा विधुतिय उपकरण निर्माणको गति लाई अर्काे स्तरमा लैजान मद्दत गर्ने विश्वास कम्पनीले लिएको कम्पनीले जनाएको छ । ।

डिएचआईले छोटो समयमानै नेपाली ग्राहकहरु माझ आफ्नो छुटै पहिचान वनाउन सफल भएको छ । नेपाली वजारमा लामो समयदेखि सेटटप वक्स मात्र निर्माण गरिरहेको यस कम्पनीले हाल सम्पुर्ण विधुतिय उपकरणहरु उत्पादन तथा विक्रिवितरण गर्न थालेको छ ।

Share News