क्रसर उद्योग संचालनमा देखिएको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री पाण्डे

<p>काठमाडौं । सहरी विकास मन्त्री विक्रम पाण्डेले निर्माण उद्योगमा देखिएको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको बताएका छन् । निर्माण व्यवसायी महासंघसग बिहिबार भएको भेटमा मन्त्री पाण्डेले सो कुरा बताएका हुन् । मन्त्री पाण्डेले क्रसर उद्योगको समस्या चाँडै समाधान हुने बताए । &#8216;गैरकानूनी तरिकाले क्रसर संचालन गर्ने केही व्यक्तिका कारण नियम संगत तरिकाले उद्योग संचालन गर्ने समेत [&hellip;]</p>

काठमाडौं । सहरी विकास मन्त्री विक्रम पाण्डेले निर्माण उद्योगमा देखिएको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको बताएका छन् । निर्माण व्यवसायी महासंघसग बिहिबार भएको भेटमा मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले क्रसर उद्योगको समस्या चाँडै समाधान हुने बताए । ‘गैरकानूनी तरिकाले क्रसर संचालन गर्ने केही व्यक्तिका कारण नियम संगत तरिकाले उद्योग संचालन गर्ने समेत मारमा परेको छन्, छिट्टै समाधान हुन्छन्,’ उनले भने ।

उनले निर्माण व्यवसायीहरूलाई कुनै गल्ती नगरी निर्भिक भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि मन्त्री पाण्डेले व्यक्त गरे ।

भेटघाटमा महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग संचालनमा देखिएको अवरोधका कारण निर्माण कार्य प्राय ठप्प भएको जानकारी गराए । उनले निर्माण उद्योगबारे जानकार व्यक्तिले सहरी विकास मन्त्रालय सम्हाल्दा आफूहरूलाई खुशी लागेको पनि बताए ।

उनले पर्याप्त बजेट नछुट्याई ठेक्का लगाउँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै अध्यक्ष सिंहले बजेट छुट्टयाएर मात्र ठेक्का लगाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराए ।

महासंघ प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी.), महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर र उपनिर्देशक आसित अधिकारी पनि रहेका थिए ।

Share News