काठमाडौं । नेपाल साना तथा मझौला व्यवसायी महासंघको समिति गठन भएको छ । महासंघको ३३ सदस्यीय तदर्थ समितिको गठनसहित सपथ ग्रहण भएको हो ।
नवगठित समितिको अध्यक्षमा दिपक प्रसाद आचार्य, सहअध्यक्षमा धर्मानन्द श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा तिलु घले, प्रथम उपाध्यक्षमा प्रा. प्रवलराज पोखरेल, द्वितिय उपाध्यक्षमा विष्णु घर्तीमगर, तृतिय उपाध्यक्षमा विजय सागर प्रधान, चौथौ उपाध्यक्षमा सरिता थापा चयन भएका छन् ।
यस्तै, महिला समूहकी उपाध्यक्षमा मंजिला शर्मा, वस्तुगत उपाध्यक्षमा डा. बद्री पौडेल, एसोसिएट्स उपाध्यक्षमा डा। खोम खरेल, महासचिवमा डा। गोपाल प्रसाद तिवारी, सचिवमा विरेन्द्र ठाकुर, कोषाध्यक्षमा विश्व दुवाल चयन भएका छन् ।
उनीहरुलाई प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार केसीले सपथग्रहण गराएका छन् ।
सो अवसरमा सांसद राजन्द्र कुमार केसीले साना तथा मझौला व्यवसायीलाई सरकारको तर्फबाट पुर्ण सहयोग हुने बताए । उनले साना उद्योग नभई ठुला उद्योग बन्न नसक्ने बताउँदै सबै मानिसहरु मिलेर देशमा आर्थिक विकास गर्न लाग्नुपर्ने बताए ।
‘देशमा आर्थिक उदारीकरणको सुरुवातसँगै आर्थिक विकासमा साना तथा मझौला व्यवसायहरु प्रवर्धन गर्दै जानुपर्ने आजको मुख्य उद्देश्य हुनुपर्छ,’ उनले भने ।
यस्तै, समितिका अध्यक्ष दिपक प्रसाद आचार्यले सबै साना तथा मझौला व्यवसायीहरु एकिकृत भई साना व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्न प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने बताए ।
‘देशभरी छरिएर रहेका सानासाना उद्यमीहरुलाई हामीले प्रोत्साहन गरी देशको आर्थिक विकासमा प्रभावकारीरुपले परिचालन गर्नुपर्छ, सरकारले पनि लगानीमैत्री नीति र वातावरण निमार्णका साथै वित्तीय पहुँचमा सहजता तथा बजार व्यवस्थापनमा साना तथा मझौला व्यवसायहरुलाई सहयोग गर्न सकेमा देशको आर्थिक विकासमा अमूल्य टेवा पुग्न सक्छ,’ उनले भने ।