प्रधानमन्त्रीले भेटे जहाज दुर्घटनामा ज्यान गुमाएका यात्रुको परिवारलाई

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न अस्पताललाई निर्देशन दिएका छन् । उनले शव पहिचानको काम छिटो [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न अस्पताललाई निर्देशन दिएका छन् ।

उनले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका पदाधिकारीलाई आग्रह गरे । भेटघाटका क्रममा प्रधानमन्त्रीले पहिचानका लागि राखिएका शवको निरीक्षण गर्नुका साथै मृतकका आफन्तसँग भेटघाट गरेका थिए ।

Share News