काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।
बिहीबार बिहान पौडेल प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार गएका हुन्। पौडेलको सचिवालय स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ।
प्रतिनिधि सभामा सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच भेटवार्ता भएको हो।