काठमाडौं । नविनयुक्त श्रम तथा रोजगारमन्त्री डोल प्रसाद अर्यालले आफु कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नभएको बताएका छन् । सामाजिक संजालमार्फत उनले आफु कुनै पनि म्यानपावरमा संलग्न नभएको बताएका हुन् ।
‘म्यानपावर कम्पनीमा म कहिले पनि छैन । हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर ”इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर” को पद लेखिदिए तर हटाईदिन भुले,’ उनले लेखेका छन् ।
उनले देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै थोरै संलग्नता भएकाले आफ्नो स्वार्थ नबाझिने कुनै क्षेत्र नै नभएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहेका मन्त्री अर्याललाई स्वार्थ बाँझिने पद दिइएको भन्दै आलोचना भइरहेको छ ।