काठमाडौं । नेत्र चिकित्सक डा. सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् ।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।
यो अवार्डअन्तर्गत डा. रुइतलाई १० लाख डलर, गोल्ड मेडल र प्रमाणपत्र आगामी फेब्रुअरी महिनामा प्रदान गरिनेछ ।