काठमाडौं । उपप्रधान एवम ऊर्जा जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रको विकासका लागि रणनीति तयार पार्न कार्यदल गठन गरेका छन् ।
मंगलबार उर्जामन्त्रीका रुपमा पदभदार ग्रहण गर्दै उनले जलस्रोत तथा सिंचाई क्षेत्रको विकासका लागि पाँच वर्षीय रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेका हुन ।
सपथग्रहणपछि पशुपतिनाथ मन्दिर दर्शन गरेर मात्रै मन्त्री लिङदेनले पदभार ग्रहण गरेका हुन । उर्जा मन्त्रालयका सहसचिवको नेतृत्वमा उनले समिति गठन गरेका हुन ।
उनले उर्जा मन्त्रालय सम्हाल्दा चुनौतीपूर्ण हुने भन्दै त्यसलाई अवसरमा बदल्न आफू तयार रहेको बताए ।