काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २ गते बसेको संचालक समितिको बैठकले माघ २७ गतेको लागि साधारण सभा बोलाएको हो ।
सभाले संचालक समितिले प्रस्ताव गरेको ८.४२१ प्रतिशत लाभांश पारित गर्नेछ । यस्तै, सभाले कम्पनीको वार्षिक प्रतिवेदनहरु पनि पारित गर्नेछ ।
कम्पनीले माघ १८ गतेको लागि एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका अर्थ माघ १७ गतेसम्म कम्पनीको सेयरधनीको रुपमा नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्नेले मात्र कम्पनीको लाभांश पाउनेछन् ।